अन्तर्राष्ट्रिय
खगोल वर्ष
२००९ को उपलक्ष्यमा
आयोजित
कार्यक्रममा
सहभागीता बारे
"ब्रम्हाण्ड तपाईंको हो चिन्नुहोस्"
"The Universe, Yours to Discover"
उपरोक्त नारा
अन्तर्राष्ट्रिय
खगोल वर्ष
२००९ लाई मनाउनका
लागि तयार
गरिएको नारा
हो । अन्तर्राष्ट्रिय
खगोल संगठन
(IAU) को अनुरोध
र आयोजनामा
सन् २००९ लाई
अन्तर्राष्ट्रिय
खगोल वर्षको
रुपमा मनाउने
घोषणा संयुक्त
राष्ट्र संघले
गरेको छ भने
संयुक्त राष्ट्र
संघीय शैक्षिक,
वैज्ञानिक
र साँस्कृतिक
संगठन (यूनेस्को)
ले यसलाई पारित
गरिसकेको छ
।
ग्यालिलियो
ग्यालिलीले
दूर्रदर्शक
यन्त्रद्वारा
पहिलो पटक
खगोलीय अवलोकन
गरेको ४००
वर्षपुगेको
उपलक्ष्यमा
अन्तर्राष्ट्रिय
खगोल वर्ष
२००९ मनाउन
लागिएको हो
।
यस विशेष वर्षको
परिकल्पनालाई
साकार पार्न
विभिन्न ८
वटा लक्ष्यहरु
सहित संसारभरि
स्थानीय, राष्ट्रिय,
क्षेत्रीय
र अन्तर्राष्ट्रिय
स्तरमा विभिन्न
गतिविधिहरु
संचालित हुनेछन्
। यी विभिन्न
गतिविधिहरुमा
विश्वका करिब
एकसय पचास
राष्ट्रहरु
सहभागी हुने
अनुमान अन्तर्राष्ट्रिय
खगोल संगठनले
गरेको छ र संसारभरका
मानिसहरुलाई
यसमा कुनै
न कुनै रुपमा
संलग्न गराउन
आव्हान गरेको
छ ।
अन्तर्राष्ट्रिय
खगोल संगठनले
विश्वका सबै
राष्ट्रहरुलाई
आव्हान गरे
अनुरुप नेपाल
सरकार, वातारण,
विज्ञान तथा
प्रविधि मन्त्रालय,
वि.पि. कोइराला
प्लानेटेरियम,
अव्जरभेटरी
तथा विज्ञान
सङ्ग्रहालय
विकास समितिले
पनि अन्तर्राष्ट्रिय
खगोल वर्ष
२००९ को उपलक्ष्यमा
नेपालमा विभिन्न
कार्यक्रमहरु
तथा गतिविधिहरु
संचालन गर्दैछ
। त्यसमध्ये
उच्च माध्यामिक
विद्यालय (१०+२,
विज्ञान) / I.Sc
स्तरीय खगोल
विज्ञानसँग
सम्बन्धित
निबन्ध प्रतियोगिता
र हाजिरी जवाफ
प्रतियोगिता
तथा विद्यालय
स्तरीय खगोल
विज्ञानसँग
सम्बन्धित
चित्रकला प्रतियोगिता
आयोजना गर्दैछ
। यस सम्बन्धी
विस्तृत विवरण
तल उल्लेख
गरिएको छ ।
|